अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

आर्थिक अभावले भुकम्प पछिको पुनःनिर्माणमा ढिलाइ – कार्यकारी अधिकृत ज्ञवाली

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:३४ मा प्रकाशित

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आर्थिक समस्याका कारण भुकम्प पछिको पुनःनिर्माणको काममा ढिलाइ भएको वताउनुभएको छ । फ्रिडम फोरमले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘सन्चारकर्मी र पुनःनिर्माण प्राधिकरण’ विषयक छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दातृनिकायले गरेको प्रतिबद्धता अनुसारको सहयोग प्राप्त नहुँदा पुनःनिर्माणमा समस्या भएको वताउनुभयो ।

उहाँले धरहरा र रानीपोखरीको पुनःनिर्माण भने चाँडै हुने जानकारी दिनुभएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको भन्दै ज्ञवालीले दसैंपछि पुनःनिर्माणको कामले गति लिने स्पस्ट पार्नुभयो । पुनःनिर्माणको क्षेत्रमा सहयोग गर्न सन्चारकर्मीसँग उहाँको आगह्र थियो ।

कार्यक्रममा वोल्दै फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले पुनःनिर्माणको काममा ढिलाइ भएको भन्दै प्राधिकरण र सन्चारकर्मीबीचको सहकार्य जरुरी रहेको वताउनुभयो । कार्यक्रममा ७ ओटै प्रदेशका सन्चारकर्मी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू