अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

गोर्खाको लिगलिगमा नयाँ राजा चुनिदै

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:३३ मा प्रकाशित

गोर्खाको लिगलिगमा नयाँ राजा चुनिने भएको छ । विगतका वर्षमा जस्तै यस वर्षपनि गोर्खाको परम्परागत म्याराथुन दौड प्रतियोगिता को आयोजना गरी विजेतालाई नयाँ राजाको रुपमा चयन गरिने भएको हो । यो प्रयोजनको लागि यहि असोज २८ गते नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि वढिरहेको आयोजक लिगलिगकोट विकाश अभियानले जनाएको छ । अभियानले पर्यटन प्रवद्र्धनसंगैै खेल क्षेत्रको विकासका लागि २०६७ साल देखि बर्षेनी प्रतियोगिता गर्दै आएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष रानाले पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी सहभागी प्रतियोगीहरुले पार गर्नुपर्ने वताउनुभयो । प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार १ सय रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदुतको व्याच प्रदान गरिने जनाईएको छ ।

प्रतियोगिताको उपाधि विजेतालाई एक रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार र तेश्र्रो हुनेलाइ नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र वितरण गरिने अभियानका सचिव सूर्यप्रसाद न्यौपानेले वताउनुभयो । नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया