अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

नेकपाभित्रको विवाद समाधानको प्रयास शुरु, अध्यक्ष प्रचण्ड र शीर्ष नेता नेपालबीच भेटवार्ता

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद समाधानको प्रयास स्वरुप आज भेटवार्ता भएको छ । पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति वरिष्ठ नेता नेपालवाट असन्तुष्टि सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डको पहलमा आज भेटवार्ता भएको हो ।

ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डसंगको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको र सरकारले समेत प्रभावकारी रुपमा काम गर्न नसकेको वताउनुभएको थियो ।

सो अवसरमा नेता नेपालले पार्टी एकीकरण प्रक्रिया अझै टुंगिनसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका आन्तरिक विवादलाई छलफलबाटै टुंगो लगाइने वताउनुभयो । उहाँले पार्टीको सचिवालय बैठकमै सबै विषयमा छलफल गरेर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू