अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

हलोवीन फेस्टीभल के र किन, कहाँ र कहिले ?

पवन पौडेल, क्यालिफोर्निया २०७५ असोज २२ गते १२:५५ मा प्रकाशित

आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।यो चाड मनाउने देशको सङ्ख्या बढ्दै गइरहेको छ र नेपाली समाजले पनि यस चाडलाई मनाउँदै आइरहेको छ । नेपालीहरूको चाड दसैँ, तिहार, गाईजात्रा र गठे मङ्गल सँग यो फेस्टिवलको गतिविधिहरू मिल्न जुल्न आउछन । बालबालिकाहरूले काला, सेता वस्त्र, भूत पर्यटक, होलिका, भोजमा लगाइने विशेष पोसाकमा घर दैलोमा आई मिठाई मागी मनोरञ्जन गर्नु यो फेस्टिभलको गतिविधि अन्तर्गत पर्दछ ।

गर्मीलाई बिदाइ गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ।

हलोविन वा ह्यालविन (all hallows evening को छोटकरी) रूप हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ । विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ ।

विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अँजुली भरि दिने गर्दछन् । हेलोविन खेल्न आउनेलाई केवल मिठाई मात्र दिनु पर्छ । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि आउने गर्दछन् ।

विगत २ वर्षदेखि हलोविन नाइटको आयोजना गर्दै आएको एस बाबु प्रोडक्सनले यसपालि पनि हलोविन नाइट ३ कार्यक्रमलाई निरन्तरता दिएको छ । विशेष गरी अमेरिकामा जन्मेका दोस्रा पुस्ता र विभिन्न उद्देश्य लिएर अमेरिका आएका फरक फरक उमेर समूहले यस पर्वलाई पछिल्लो केही समय यता मनोरञ्जनका साथ मनाउन थालेका छन् l l अक्टोबर २७ तारिख शनिवारका दिन (173 Eddy St, San Francisco, CA 94102-2706, United States (Palace of Spices) मा हुँदै गरेको कार्यक्रममा बे एरियाका नेपाली डी जेहरू, डी जे एस बाबु , डी जे कालेका साथ साथै अमेरिकन डी जे रोजको पनि जोडदार प्रस्तुति रहने जानकारी एस बाबु प्रोडक्सनका प्रमुख सन्दीप बाबुले दिनु भएको छ । फोटो बुथ र खाना पनि कार्यक्रमको आकर्षणको रूपमा रहनेछन् । 

प्रतिक्रिया