अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी प्राध्यापक नोर्दस र रोमरलाई दिईने

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:३१ मा प्रकाशित

सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिकद्धय विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ । अर्थतन्त्रको दिगोपनबारे ज्ञान विस्तारमा योगदान पुराएको भन्दै उनीहरुलाई नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।

अमेरिकाको सुप्रसिद्ध येल विश्वविद्यालयका प्राध्यापक विलियम नोर्दस लाई जलवायु परिवर्तनलाई दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्ने सम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिने घोषण गरिएको हो ।

प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित हुनुहुन्छ भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका प्रवद्र्धक रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू