अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:२८ मा प्रकाशित

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बनमा गरिउको नेपाल प्रहरीले जनाएको छ । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिनुभएको छ ।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । भिमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानमा प्रमाण संकलन गर्नुको साटो लोप गर्नेतर्फ लागेको भन्दै प्रहरी संगठनकै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू