अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

कांग्रेस वैठकः नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद पारित

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:१८ मा प्रकाशित

नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने व्यवस्था गरेको छ । सम्पन्न केन्दि«य समितिको वैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११ औं महाधिवेशन देखि कायम छ । नेविसंघमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुंगिएसँगै संघको १२ औं महाधिवेशन गर्ने मार्ग प्रशस्त भएको छ । नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भइ ३ महिना समयावधि थपिएको छ ।

कांग्रेसमा संस्थापन पक्षमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्ने र संस्थापन इतर पक्षको उमेरसम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान रहँदै आएको थियो । बैठकले संघको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाउनुभएको छ । संघको संशोधित विधानबारेमा कांग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित गरिने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यसैगरी, सम्पन्न बैठकले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुंगोमा र्पुयाइ दोषीलाई कानुनी कारबाही गर्न सरकारसंग माग गरेको छ । बूढीगन्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पुँजीमै बनाउनुपर्ने माग समेत कांगे्रसले गरेको छ ।

बैठकले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा वढी रुख कटानको प्रस्तावमा भने विमति जनाएको छ । मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ ।

महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा कांग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू