अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:५१ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त हुनुभएको छ । अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानोको पक्षमा दुई मत बढी परेपछि उहाँ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो ।

अब क्याभानो आजीवन यो पदमा रहनुहुनेछ । अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानोको मनोनयन अनुमोदनको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो । क्याभानोमाथि विभिन्न महिलाले यौन हिंसाको आरोप लगाएपछि उनको नियुक्तिको विषयमा अमेरिकी समाज विभाजित भएको थियो ।

यसलाई राष्ट्रपति ट्रम्पको राजनीतिक जितका रुपमा लिइएको छ । उहाँले प्रस्ताव गरेका काभानोगको नाम सिनेटले अनुमोदन नगरेको भए ट्रम्पलाई ठूलो राजनीतिक झड्का लाग्ने थियो । काभानोगको नियुक्ति अनुमोदन भएसँगै अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको पकड बलियो भएको छ ।

प्रतिक्रिया