अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८
| Colorodo: 10:03
प्रधानमन्त्री केपी ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकका लागि असाधारण गुन लगाउनुभएको वताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेको देशभक्तिपूर्ण साहित्य सृजनाले मुलुकलाई एकजुट बनाउन महत्वपूर्ण योगदान दिएको वताउनुभएको हो ।
आईतबार राष्ट्रकवि घिमिरे १ सय वर्ष पुगेको अवसर पारेर काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेले नेपाली भावना अनुसार साहित्य सृजना गरेकाले सबैले मन पराएको स्मरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गर्नुभएको थियो ।