अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

दशै तिहारका लागि आजदेखि नयाँ नोट साट्न पाईने

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:४५ मा प्रकाशित

राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै आजदेखि नयाँ नोट सटही खुल्ला गरेको छ । चाडवाड प्रयोजनको लागि सबै नेपालीले आजदेखि नयाँ नोट साट्न पाउने भएका हुन् । राष्ट्र बैंकले यसपालिका लागि नयाँ नोट साट्न काठमाण्डौंमा २२ र काठमाण्डौं वाहिर ७ स्थान तोकेको छ । सरकारी स्वामित्व रहेका बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ ।

वैंकका अनुसार एक व्यक्तिले ५, १०, २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म सटही गर्न पाउने छन् । असोज २१ गतेदेखि २९ गतेसम्म बैंकिङ समयमा नोट वितरण गरिने जनाईएको छ । उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही गरिनेछ ।
यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान रहेको छ । गत वर्ष १२ अर्बको नोट सटही भएको थियो । गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष अधिकतम् २७ हजार वनाईएको छ ।

हाल चलनचल्तीमा रहेका नोटमध्ये संख्यात्मक हिसावमा ५ का नोट सबैभन्दा धेरै छन् । ५ का नोट ४८ करोडको संख्यामा चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ । साथै राष्ट्र बैंकले नोटको जतन गर्न, केरमेट नगर्न तथा कुनै पनि तवरले क्षति नपु¥यान सबैलाई आग्रह गरेको छ । त्यस्ता कार्य गरेमा मुलुकी अपराध ऐनअन्तर्गत ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू