अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

कांग्रेस कार्यसमिति बैठकमा नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने प्रस्ताव प्रस्तुत

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:४३ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा ३२ वर्ष उमेर पूरा भएकाले निर्वाचन लड्न नपाउने प्रस्ताव प्रस्तुत भएको छ । सहमहामन्त्री एवं पार्टीद्वारा गठित निर्देशन समितिका संयोजक प्रकाशरण महतले आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा त्यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन्। उक्त प्रस्तावमाथि अहिले छलफल भइरहेको छ । विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद लगाउन माग गर्दै आजै बिहान पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन बुझाएका थिए ।

३२ वर्ष नाघेका विद्यार्थी नेताहरुले उमेर हद नराख्न दबाव दिँदै आएका छन् । पार्टीमा भने संस्थापन पक्ष ३२ वर्ष उमेर हद लगाउने पक्षमा उभिएको छ भने संस्थापन इतर पक्ष हटाउने पक्षमा छ । त्यसैको विवादले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकसमेत स्थगित गरिएको थियो ।

ज्ञापन पत्र बुझाउन नेवि संघ नेता प्रेम जोशी नेतृत्वमा विभिन्न क्याम्पसका करिब ३ सय विद्यार्थी र केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू