अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटः नेपालको लगातार दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

बिआरटीनेपाल २०७५ असोज २० गते ९:५२ मा प्रकाशित

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपअन्तर्गत एसिया सव–रिजनको छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मलेसियाको क्वाललम्पुरमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले ४५ बल बाँकी छँदै भेट्टाएको हो ।

खेलमा नेपालका कप्तान पारस खड्काले ५२ रन बनाउनुभयो । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रन वनाउनुभएको थियो । ओपनर अनिलकुमार शाहलाई १ र विनोद भण्डारीलाई १२ रनमा गुमाएको नेपालको ब्याटिङ त्यसपछि कप्तान र उपकप्तानले सम्हाल्नुभएको थियो ।

यसअघि टस जितेर पहिले व्याटिङ्ग गरेको मलेसियाले १९ दशलमव ३ ओभरमा अलआउट हुँदै १०० रन मात्रै जोड्ना सक्यो । मलेसियाका लागि ओपनिङ ब्याट्सम्यानहरु साफिक सरिफले ४९ र सयद ऐजाजले १३ रन जोड्नुबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिनुभयो ।
लामिटानेले ४ ओभर बलिङ गर्दा २० रन दिँदै ५ विकेट दिनुभयो । सोमपाल कामीले ३ विकेट लिंदा कप्तान पारस खड्काले १ विकेट लिनुभएको थियो । यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । ट्वेन्टी ट्वेन्टी प्रतिस्पर्धामा नेपाल र मलेसियाबीच पाँच वर्षपछि प्रतिस्पर्धा भएको हो ।

सन् २०१३ मा काठमाडौंको कीर्तिपुरमा भएको एसीसी ट्वान्टी–२० कपमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो । प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए ।

प्रतिक्रिया