अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

बाँकेमा वस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

बिआरटीनेपाल २०७५ असोज २० गते ९:४० मा प्रकाशित

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाँउपालिकामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । दुर्घटनामा परी ५ महिला र १ जना पुरुषको मृत्यु भएको प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

दाङको तुलसीपुरबाट बाँकेतर्फ जाँदै गरेको रा १ ख १६६२ नम्बरको यात्रुबाहक हायस र बाँकेबाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान पौने ९ बजेतिर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।
प्रदेश प्रहरी प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतले ४ जनाको घटनास्थलमा मृत्यु भएको जानकारी दिनुभयो । घटनास्थलमा मृत्यु भएका मध्ये वस चालक ३२ वर्षिय सगुन चौधरीको सनाखत भएको छ भने अन्य महिलाहरुको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परेका तुलसीपुरका ३० वर्षीया तुलसी रावत र तुलसीपुरकै अन्दाजी २७ वर्षीया वसन्ती चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । घाइतेमध्ये अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का स्थानीय रहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू