अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु ‘नालायकीपन’ – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ असोज २० गते ९:३० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिनुभएको छ । सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारप्रति रोष प्रकट गर्नुभयो ।
काठमाण्डौंमा नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि असन्तुष्टि प्रकट गर्नुभएको हो ।

एक फरक प्रसंङ्गमा उहाँले अनुपयुक्त ठाउँमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयोे । धनगढी नै सुदूरपश्चिमको राजधानी उपयुक्त हुने भन्दै देउवाले रुख काट्ने र ऐश आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा प्रदेशको राजधानी तोकिएको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू