अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:४५ मा प्रकाशित

दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ बर्षको जेल सजाय तोकेको छ । पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोग बाकमाथि लगाइएको छ । साथै अदालतले उहाँलाई १३ अर्व अमेरिकी डलरको जरिवाना पनि तोकेको छ ।

पूर्वराष्ट्रपति बाकले आफूमाथिका अभियोग अस्वीकार गर्दै अभियोग राजनीति प्रेरित भएको आरोप लगाउनुभएको छ । बाक दक्षिण कोरियाको इतिहासमा जेल सजाय पाउने चौथो पूर्वराष्ट्रपति हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू