अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५
| Colorodo: 11:40
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महरले यस्तो माग गरेका हुन् । उनले भने,‘साथीहरुले आईजीपीको राजिनामा माग गर्नुभएको छ, एकजना कर्मचारीलाई हटाएरमात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ । सरकार आँफै बलात्कारी र अपराधीहरुको सरंक्षणमा जुटेको हामीलाई आभाष भएको छ ।’
चर्को मुल्यवृद्धिले सबैको ढाड सेकेको छ । यसको मारमा हामी सबै जनता परेका छौं ।’ हरेक कोणबाट यो ८ महिनामा सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओली असफल भैसकेकोले अविलम्ब राजिनामा दिनुपर्ने महरको भनाई थियो ।