अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

रक्तदान कार्यक्रम सम्पन्न

सुरेश चाम्लिङ, न्यु हेम्प्शायर २०७५ असोज १८ गते २३:०९ मा प्रकाशित

युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्प्शायर राज्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय इन्स्टिच्युट अफ प्रोफेसनल प्राक्टिसको कार्यालय स्ट्राथाममा सम्पन्न भएको उक्त रक्तदानमा रक्तदाताहरुको उल्लेख्य सहभागी भएता पनि योग्य ३८ जनाले रक्तदान गर्नु भएको थियो । 

हरेक वर्ष किराँत राईहरूको महान् चाड साकेलाको उपलक्षमा गरिने रक्तदान यो वर्ष अमेरिकी रेडक्रसको व्यस्तताको कारण अन्तर्राष्ट्रिय मुटु दिवस World Heart Day को उपलक्ष्य पारेर गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा स्थानीय अमेरिकी नागरिकहरूसँगै विभिन्न नेपाली सङ्घ संस्थाको व्यक्तित्वहरूको सहभागिता रहेको थियो । उक्त रक्तदानमा गैर आवासीय नेपाली सङ्घ, न्यु हेम्प्शायर नेपाली समाज, न्यु हेम्प्शायर गुरुङ समाज, नेपाल आदिवासी जनजाति महासङ्घ हेम्प्शायर च्याप्टर, बुद्ध समाज हेम्प्शायर च्याप्टर, अन्तर्राष्ट्रिय साहित्य समाज न्यु हेम्प्शायर च्याप्टर, नेपाली जन सम्पर्क समिति न्यु हेम्प्शायर च्याप्टर, नेपाली सङ्घीय समाज न्यु हेम्प्शायर च्याप्टर, नेपाली प्रवासी मञ्च हेम्प्शायर च्याप्टर लगायतको सहभागिता रहेको थियो । 

न्यु हेम्प्शयारको सी कोस्ट, कंकार्ड, हुक्सेट, म्यान चेस्टर, नास्वा लगायत अमेरिकाको विभिन्न राज्यहरू म्यासाचुसेट्स बोस्टन, न्यु योर्कबाट समेत रक्तदाताहरु आउनु भएको थियो । अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राईले सहभागी सबैलाई धन्यवाद दिनु हुँदै यस्तो मानवीय कार्यमा अझ आगामी दिनहरूमा सामूहिक रूपमा लाग्न सकियोस भनी अनुरोध गर्नु भएको थियो । उहाँले आफू सम्बद्ध अर्गनाइजेसनलाई अमेरिकी समाजमा पनि परिचित गराउँदै लाने अभियान अन्तर्गत साकेलाको उपलक्षमा हरेक वर्ष रक्तदान गरिने र उक्त सहकार्यमा महत्त्व पूर्ण भूमिका खेल्ने अमेरिकी रेडक्रसलाई आभार व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा अर्गनाइजेसनको सदस्यहरूको तर्फबाट मम, पिज्जा, फलफुल, चिया, कफी उपलब्ध गराइएको थियो ।  

प्रतिक्रिया