अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

संसदको विकास समितिको निर्देशन– दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जानकारी दिनू

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:४५ मा प्रकाशित

संसदको विकास समितिले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले झाको नियुक्तिबारे विभिन्न कोणबाट प्रश्न उठिरहेकाले उहाँको नियुक्तिबारे जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा कांग्रेस सांसद जिपछिरिङ लामाले झालाई सुरूमा काम गर्न नदिने, पछि हटाउने, त्यसविरूद्ध झा अदालत जाने तर मुद्दा फिर्ता लिने र फेरि नियुक्त हुने कुराले शंका उब्जिएको र यसबारेमा समितिलाई जानकारी हुनुपर्ने वताउनुभयो । बैठकमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले सबै काम कानुनसम्मत् तरिकाले गरेको स्पष्ट पार्नुभयो ।

तर, झाको नियुक्तिबारे उहाले केहीपनि वोल्नुभएन । झा स्वयं पनि समिति बैठकमा सहभागी भएपनि उहाँले केही प्रतिक्रिया दिनुभएन । यसअघि भदौ २१ गतेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू