अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

डलरको भाउ फेरी उकालो , मूल्य बृद्धि हुने अनुमान

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:३९ मा प्रकाशित

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री दर १ सय १७ रुपैयाँ ६५ पैसाँ कायम गरेको छ । खरिद दर भने १ सय १७ रुपैयाँ पाँच पैसा रहेको छ ।

दुई महिना अघि सम्म नेपाली मुद्राको तुलनामा १ सय ४ रुपैयाँ रहेको डलरको बिक्रीदर असोज तीन गते १ सय १७ रुपैयाँ तोकेको थियो । त्यसपछि केही घटेको डलरको बिक्रीदर हिजो भने १ सय १६ रुपैयाँ २६ पैसा कायम भएको छ । तर आज  पुन बढेको हो ।

केही महिनायता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ आकाशिदै गइरहेको छ । भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमयदरका कारण डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पर्ने गरेको अर्थशास्त्रीहरु बताउछन् ।

यसरी डलरको भाउ बढ्दा नेपाल जस्तो आयतमुखी अर्थतन्त्र भएको मुलुकमा हरेक क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने गर्छ । भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडा, खाद्यन्न लगायतका सामान महँगो पर्ने अर्थशास्त्री अच्यूत वाग्ले बताउछन् ।

त्यस्तै विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा समेत वृद्धि हुने छ। सोही कराण दशैको मुखमा डलरको भाउ बढ्दा नेपालीहरुको दशै थप महंगो बन्ने उनले बताए ।

तर यसरी डलरको भाउ वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ। त्यस्तै निर्यात व्यापारलाई पनि केही राहत मिल्ने छ। निर्यातको अंश निकै न्यून रहेको कारण डलरको बृद्धिले नेपाललाई नाफा भन्दा पनि घाटा नै हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू