अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

स्याङजाको स्वेरकमा प्याराग्लाइडिङ्गको वर्ल्डकप हुने

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:३२ मा प्रकाशित

स्याङजाको स्वरेकमा नेपालमै पहिलो पटक साहसिक खेल प्याराग्लाइडिङ्गको वर्ल्डकप प्रतियोगिता हुने भएको छ । नोभेम्बर १ देखि ४ तारिख अर्थात नेपाली पात्रो अनुसार कार्तिक १५ गते देखि १८ गते सम्म प्रतियोगिता संचालन हुनेछ । स्याङजा जिल्लाका ११ वटै स्थानीय तह , नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडीङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने भएका हुन् ।

प्याराग्लाइडिङ्ग वर्ल्डकपले नेपालको पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग पुग्ने बाबु एडभेन्चर क्लबका सानोबाबु सुनुवारले बताउनुभयो । प्रतियोगिता मार्फत् विदेशीहरुले नेपालमा नयाँ पर्यटकीय गन्तब्य स्वरेक भएको जानकारी पाउने भन्दै सुनुवारले प्रतियोगिता नेपालकै लागि गौरवपूर्ण भएको उल्लेख गर्नुभएको छ ।

यसैवीच, प्रतियोगिताको तयारी तीव्ररुपमा भैरहेको आयोजकले जनाएका छन् । छोटो समयको तयारीमा वर्ल्डकप गर्न लागिए पनि प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्ने आयोजकको दावी रहेको छ । वर्ल्डकपमा विश्वबाट आउने पाहुनाको लागि स्वागत गर्न सिङ्गो स्याङजा तयारी अबस्थामा रहेको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले वताउनुभयो ।

प्रतियोगिताको तयारी स्वरुप स्याङजाको स्थानिय बयरघारी देखि प्रतियोगिता स्थल स्वरेक मैदान सम्म पुग्ने कच्चीबाटो ममर्तको काममा आफूहरु लागेको खनालले जानकारी दिनुभयो । स्वरेक भञ्ज्याङदेखि मैदानसम्म जाने बाटो छोटो र सजिलो भएकोले प्रतियोगी तथा दर्शकहरुको सुविधाको लागि वाटो मर्मत थालिएको नगरपालिकाले जनाएको छ ।

नेपालमा पहिलो पटक प्याराग्लाइडिङको एकुरेसीे वर्ल्डकपमा भीरकोट ५ स्वरेक मैदानबाट उडान गरेर वालिङ ११ स्वरेक डौवामा ल्याण्डडिङ्ग हुने छ । गत बर्ष स्वरेकमै अन्तरराष्ट्रिय प्याराग्लाईडिङ राष्ट्रिय टीम छनोट प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू