अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

क्रिस्टियानो रोनाल्डो– यौनशोषणको आरोप अस्वीकार

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:२८ मा प्रकाशित

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्वअमेरिकी मोडेलले आफूमाथि लगाएको यौनशोषणको आरोपको खन्डन गर्नुभएको छ । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छन् । यसैसाता रोनाल्डोकाविरुद्धमा लास भेगास प्रहरीले अनुसन्धान गर्ने वताएपछि रोनाल्डोको यो प्रतिक्रिया वाहिर आएको हो ।

पोर्चुगाली फुटबल खेलाडी रोनाल्डोले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको दावी गर्दै आफुविरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नरहेको जिकर गर्नुभएको छ । ३३ वर्षीय रोनाल्डोले बलात्कार घृणित अपराध रहेकोले आफुले त्यस्तो कार्य नगरेको भन्दै आरोप अस्विकार गर्नुभएको हो । रोनाल्डोले पछिल्लो समय इटालीको युभेन्टस क्लबबाट फुटवल खेल्दै आउनुभएको छ । यस प्रकरणमा प्रहरीले ‘पीडित’को नाम भने हालसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू