अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२
| Colorodo: 01:47
रसुवा, १८ असोज – वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा आजदेखि यातायात सञ्चालन भएको छ । कालीका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबी खोला पहिरो पन्छाउने कार्य बुधवार सम्पन्न भई आजदेखि सवारी साधन आवतजावत हुन थालेको हो । ग्रामीण कृषि सडक खुला भए लगत्तै जिबजिबेबाट काठमाण्डुका लागि चल्ने नियमित यात्रुवाहक बस सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।