अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

टेक्ससमा हुने ७ औ दसैँ कप प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिने

बिआरटीनेपाल २०७५ असोज १८ गते ८:०४ मा प्रकाशित

विजय थापा , अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ७ औ दसैँ कप प्रतियोगितामा यस वर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिने भएको छ । तुलाधर हाल न्यु योर्कमा बसोबास गर्नु हुन्छ ।

गत वर्ष छैठौ दसैँ कप भकुण्डो प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको थियो l अमेरिकाको टेक्सस राज्यको ड्यालसमा विगत छ वर्ष देखि सञ्चालनमा रहेको यस वर्ष ७ औ दसैँ कप भकुण्डो प्रतियोगिता आगामी अक्टोबर १४ तारिख हुने भएको छ ।

गत वर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल टोली विजेता बनेको थियो । हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेकोले यस वर्ष पनि चर्चित पूर्व राष्ट्रिय खेलाडी तुलाधरको नाम छनौटमा परेको हो ।

७ औ दसैँ कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको छ । नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा दसैँ अगाडी आयोजना गरिन्छ । यस पटक ३ वटा उमेरका श्रेणीमा खेल खेलाइने छ ।

युवा टोलीमा २ वटा समूह ,वयस्क टोलीमा २० वटा समूह तथा ३५ वर्ष भन्दा माथिको उमेरको टोलीमा ४ वटा समूहले भाग लिएका जानकारी ड्यालस गोर्खाज फुटबल टोली का प्रबन्धक विनोद विष्टले बताएका छन् ।

विजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल $ ४,३०० डलरको व्यवस्था गरिएको छ । दर्ता बन्द भई सकेको छ भने अब तयारी अवस्थामा पुगेको बताइएको छ ।

ड्यालस गोर्खाज फुटबल टोली विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू