अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

६ महिनापछि गौतमबुद्ध विमानस्थलको रनवे संचालनमा ल्याइने

बिआरटीनेपाल २०७५ असोज १७ गते २०:१० मा प्रकाशित

सरकारले अबको ६ महिनापछि भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको नयाँ रनवेबाट उडान सुरु गर्ने बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध विमानस्थलको रनवेसहित करिब ५० प्रतिशत काम सकिएको जनाउदै ६ महिनाभित्र नयाँ रनवेबाट उडान सुरु गर्ने जानकारी दिएका हुन ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात उपसमितिले काठमाडौंमा आयोजना गरेको ‘भिजन फर नेपाल २०२०’ कार्यक्रममा उनले पर्यटकीय पूर्वाधार विकासलाई सरकारलो उच्च प्राथमिकतामा राखेको बताए ।

यस्तै, त्रिभुवन विमानस्थलको सञ्चालन समय १८ घण्टाबाट २२ घण्टा पु¥याइएको बताउँदै उनले निकट भविष्यमै यसको सञ्चालन अवधि २४ घण्टा पुर्‍याइने बताए । पूर्वाधारको विकासमा यी बाहेक पोखरा विमान स्थल र निजगढको काम पनि अघि बढ्ने मन्त्री अधिकारीले जानकारी दिए ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले शताब्दीऔं पुराना धार्मिक–सांस्कृतिक सम्पदा, साहसिक पर्यटनका लागि अनगिन्ती गन्तव्य भएर पनि नेपालले आफ्नो बजारीकरण गर्न नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू