अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

फास्ट ट्रयाकको डिपिआर १ सय ५ दिनमा तयार हुने

बिआरटीनेपाल २०७५ असोज १७ गते २०:०८ मा प्रकाशित

नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसम्बन्धी सम्झौता भएको छ।

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जंगीअड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरे ।

यसअघि, भारतीय कम्पनी आइएल एन्ड एफएसले डीपीआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको थियो ।

उक्त डीपीआर करिब १० करोड १३ लाख रुपैयाँको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुनेगरी आगामी १०५ दिनभित्र तयार हुने जनाइएको छ । द्रुतमार्गको डीपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए ।

एसियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू