अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

अमेरिकी विदेशमन्त्री पोम्पेओ फेरि उत्तर कोरिया जाने

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:२८ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । भ्रमणकाक्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्ने वताईएको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुने आशा गरिएको छ ।

पेम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नुहुनेछ । त्यसपछि उहाँ जापान र दक्षिण कोरिया जाने वताईएको छ । विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ । मन्त्री पोम्पेओले यसअघि दुईपटक उत्तर कोरियाली नेता किमलाई भेटिसक्नु भएको छ । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियालाई आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिँदै आएको छ ।

यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गर्नुभएको थियो । तर, सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गर्नुभएको थियो ।

कमैमात्र विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किमले गत जुनमा सिंगापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो । त्यसक्रममा कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा द्वीपक्षीय सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू