अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

रसायनशास्त्र तर्फको नोवेल पुरस्कार घोषणा, परमाणुको संरचनामा उद्विकासको प्रयोग गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिने

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:२६ मा प्रकाशित

सन् २०१८ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । पुरस्कार अमेरिकाकी वैज्ञानिक फ्रान्सिस् एच. आर्नोल्ड, तथा संयुक्त रुपमा अमेरिकी वैज्ञानिक जर्ज पी. स्मीथ र ब्रिटेनका वैज्ञानिक ग्रिगोरी पी विन्टरलाई दिने घोषणा गरिएको हो । पुरस्कारको आधा राशी आर्नोल्ड तथा वाँकी आधा स्मिथ र विन्टरलाई दिईने छ । उद्विकास विज्ञानको क्षेत्रमा पु¥याएको योगदानको लागि तीनै जनालाई यो पुरस्कार प्रदान गरिने भएको हो ।

डा. आर्नोल्ड आनोल्डले प्रोटिनको इन्जाइम्समा निर्देशित उद्विकाश लागु गर्नुभएको थियो जसले रसायनीयक प्रतिक्रियामा उत्प्रेरकको काम गर्न सफल भयो । डा. स्मीथले ‘फेग डिस्प्ले’ भन्ने विधि विकास गर्दा त्यसले ब्याक्टेरियालाई संक्रमित गर्ने एक भाइरसलाई नयाँ प्रोटिनको विकास गर्न प्रयोग गर्न सम्भव गराएको थियो ।

यस्तै, डा. विन्टरले नयाँ औषधिको उत्पादन गर्न ‘फेग डिस्प्ले’ प्रयोग गर्नुभएको थियो । द रोयल स्वीडिस एकेडेमी अफ साइन्सले यी वैज्ञानिकहरुले उद्विकाश शक्तिलाई मानवहितको लागि उपभोग गर्न सम्भव बनाएको बताएको छ । निर्देशित उद्विकासको प्रयोगबाट निर्माण भएको इन्जाइम्स बायोइन्धनदेखि चिकित्सक उपचार निर्माणमा प्रयोग गर्न सकिने वताईएको छ । ‘फेग डिस्प्ले’ले एन्डीबडी निर्माण गर्छ जसले विषाक्तहरुलाई तटस्थ गर्ने, अटोइम्युन रोगहरुसँग प्रतिरोध गर्नेदेखि क्यान्सर निधान गरेको सम्म पाइएको छ ।

एकेडेमीले पुरस्कारको कुल रकम १० लाख डलरमध्ये आधा डा. आर्नोल्डलाई र अर्को आधा रकम डा.स्मीथ र डा.विन्टरलाई बाँडिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू