अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

महावीर पुनसँगको अन्तरकृया नर्थ क्यारोलाइनामा

बिआरटीनेपाल २०७५ असोज १६ गते १२:०६ मा प्रकाशित

मोरिसभिल । विश्व विख्यात मेगासेसे पुरस्कार विजेता, नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा युवा वैज्ञानिक डा महावीर पुन आगामी अक्टोबर ४ २०१८ का दिन नर्थ क्यारोलाइना राज्यको मोरिसभिल सहरमा सोही दिन आयोजना हुन् लागेको अन्तरकृया कार्यक्रममा भाग लिन यहाँ आउँदै हुनुहुन्छ ।

गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नर्थ क्यारोलाइना च्याप्टर (एन आर एन नर्थ क्यारोलाइना ) र मोरिसभिल सहरको स्थानीय संस्था नेपाली सेन्टर फर नर्थ क्यारोलाइना (एन सी एन सी)ले नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने सम्बन्धमा केन्द्रका अध्यक्ष डा. महावीर पुन र नर्थ क्यारोलाइना राज्यका गैह्र आवासीय नेपाली तथा नेपालका शुभेच्छुक समुदायहरूका बिच प्रत्यक्ष संवाद गराउने उद्देश्यले “महावीरसँग मन्थन” कार्यक्रम स्थानीय ३०९ एभिएसन पार्क वे, मोरिस्भिल (309 Aviation Parkway, Morrisville, North Carolina) को हिन्दु सोसाइटी अफ नर्थ नर्थक्यारोलाइनाको हलमा आयोजना गर्न लागिएको हो ।

डा. पुनसँगको अन्तर्रकृया कार्यक्रम अधिक सहभागिता र उपलब्धि मूलक बनाउने काममा लागि रहेको कुरा एन आर एन नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष बाबुराम पोख्रेलले बताउनु भयो । एन सी एन सी का वरिष्ठ उपाध्यक्ष रबिन्द्र कार्कीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । मोरिसभिल निवासी नेपाल जनसम्पर्क समिति अमेरिकाका नेता विनोद भट्टले यस्तो कार्यक्रमले मातृभूमि र प्रवासलाई जोड्ने पुलको काम गर्ने कुरा बताउँदै सो कार्यक्रम उपलब्धि पूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । एन आर एन एन सी सी अमेरिका कि मध्य पश्चिम क्षेत्रीय उपाध्यक्ष तथा नर्थ क्यारोलाइना निवासी राधा पौडेलले नेपाल आविष्कार केन्द्रको स्थापनामा एन आर. एन. अमेरिकाले सधैँ सहयोगको हात बढाई रहेकोले नर्थ क्यारोलाइनामा हुन लागेको कार्यक्रममा सहभागी हुन आफू आतुर रहेको जानकारी दिनु भयो । स्थानीय समाज सेवी शिव भट्टराईले डा महावीर पुनको यो अभियानका बारेमा आफूले धेरै पहिले देखि सुनेको र यो कार्यक्रममा सहभागी भएर आफ्नो मनमा भएका कौतुहलता मेटाउने कुरा बताउनु भयो ।

समग्रमा नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन सँगको आसन्न अन्तरक्रिया कार्यक्रमलाई नर्थ क्यारोलाइना बासीले उत्सुकता पूर्वक प्रतीक्षा गरेका छन् ।

प्रतिक्रिया