अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

भौतिक शास्त्रको नोबेल पुरस्कार तीन जनालाई

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:३२ मा प्रकाशित

सन् २०१८ का लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन, फ्रान्सेली नागरिक ग्रेरार्ड माउरोउ र क्यानेडेली नागरिक डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको छ । लेजर फिजिक्सको क्षेत्रमा उल्लेख्य योगदान पुराएका कारण उनीहरुलाई भौतिक तर्फको पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ । उनीहरुले विकसित गरेको पद्धतिले चिकित्सा, उद्योग, मनोरञ्जन, फाइबर अप्टिकल सञ्चार, सिडी, सिडी रोम र डिभिडीमा महत्वपूर्ण भूमिका खेलको वताईएको छ ।

पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी भाग प्राप्त गर्ने छन् । क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन । एकेडेमीले सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू