अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

निर्मला हत्या प्रकरणः हत्यारा पत्ता लगाउन माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:२९ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द आह्वान गर्यो । वन्दका कारण जनजीवन प्रभावित वनेको थियो । वन्दकै क्रममा विद्यार्थीहरुले महेन्द्रनगर बजारसँगै रहेको सरकारी वकिलको कार्यालयमा तोडफोड गरेका छन् । कार्यालय प्रवेश गर्दै विद्यार्थीहरुले कर्मचारीमाथि दुव्र्यवहार गर्नुका साथै हातपात समेत गरेको जनाईएको छ । नेविसंघका विद्यार्थीले कार्यालयको कुर्सी, कम्प्यटर, टेबल लगायतका सामाग्री तोडफोड गरी क्षति पुर्याएका छन् ।

यसअघि, नेविसंघले सोमबार पनि जिल्लाका सम्पूर्ण शिक्षण संस्था बन्द गराएको थियो । आजको बन्द सकिएपछि थप छलफल गरेर आन्दोलनका अन्य कार्यक्रम घोषणा गरिने नेवि संघ कञ्चनपुरले जनाएको छ । बन्दका कारण दशैं तिहारका लागि भारतका विभिन्न ठाउँबाट घर फर्किने यात्रुहरु अलपत्र परेका थिए । यसैवीच, नेविसंघले आव्हान गरेको वन्द आजै साँझ ५ वजेदेखि खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू