अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

नेपाल र कोस्टारिका वीच कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने विषयमा छलफल

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:२६ मा प्रकाशित

नेपाल र कोष्टारिकावीच अन्तर्राष्ट्रिय शान्ति, कृषि र मौसम परिवर्तनका क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको छ । कोष्टारिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच छलफल भएको हो । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै सुनेको भएपनि अहिले प्रत्यक्ष देख्न पाएको वताउनुभयो ।

कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले पाएको प्रधानमन्त्री ओलीको भनाई छ । ओलीले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको जानकारी दिनुभयो । सो अवसरमा दुई नेतृत्वबीच नेपालको प्राथमिकता, ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले कोष्टारिकाका राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको छ । प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । त्यसपछि दुई मुलुकबीच प्रतिनिधिमन्डलस्तरमा वार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू