अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

नेपालको कर प्रणालीमा भएका कानुनी प्रावधानको विषयमा प्रशिक्षण तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज १६ गते ८:४६ मा प्रकाशित

पर्यटन क्षेत्रमा कार्यक्षेत्र बनाएर कानुनको अभ्यास गरिरहेका कानुन व्यवासयीहरुको सङ्गठन टुरिजम लयर्स फोरम नेपाल नामक संस्थाको आयोजनामा बौद्ध, सिना मङ्गल, गौसला तथा एयरपोर्ट क्षेत्रमा रहेका पर्यटकीय स्तरका होटेल व्यवसायीहरूलाई नेपालको कर प्रणालीमा भएका कानुनी प्रावधानको विषयमा प्रशिक्षण तथा अन्तरकृयात्मक कार्यक्रम सङ्गठनका अध्यक्ष घनेन्द्र श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरियो ।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, होटलसंघ नेपाल र एकता होटेल तथा व्यवसायी सङ्गठनको सक्रिय सहयोग तथा सहभागिता रहेको थियो । आन्तरिक राजश्व विभागका निर्देशक शरद निरौलाले नेपालको मूल्य अभिवृद्धि कानुनका प्रावधान तथा कार्यान्वयनका विषयमा व्यवसायीहरूलाई जानकारी गराउनु भएको थियो । त्यसै गरी आयकर सँग सम्बन्धित कानुनले व्यवस्था गरिएका प्रावधान र लेखापरिक्षणका सन्दर्भमा चार्टर एकाउन्टेन्ट उमेश ढकालले प्रशिक्षण दिनु भएको थियो ।

उक्त कार्यक्रममा होटेल सङ्घ नेपाल-हानका कोषाध्यक्ष साजन शाक्य, एकता होटेल तथा गेष्ट हाउस व्यसायी सङ्गठनका अध्यक्ष मोहन थेबे तथा ट्रेकिङ एजन्सी अफ नेपाल टानका पूर्व अध्यक्ष चन्द्रप्रसाद रिजालले मन्तव्य राख्नु भएको थियो । पर्यटन क्षेत्रमा कार्यरत व्यवसायी, सरोकारवाला संस्था, श्रमिक तथा राज्यका निकायहरूसँग सहकार्य गरी पर्यटन व्यवसायलाई आवश्यक पर्ने नेपालको कानुनले व्यवस्था गरेका कानुनी प्रावधान तथा विश्वव्यापी कानुनी मान्यताहरूका बारेमा व्यवसायीहरूलाई सुसूचित गर्दै पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित भावनाको जागृत गराउने उद्देश्यले टुरिजम लयर्स फोरम नेपाल गठन गरिएको हो । यस सङ्गठनले पर्यटनक्षेत्रका सङ्घ संस्थाहरू सँगको सहकार्यमा देशका अन्य प्रदेशहरूमा समेत पर्यटन व्यवसायसँग सम्बन्धित कानुनका विषयमा विभिन्न जानकारी मूलक कार्यक्रहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू