अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

पुष्कर र ओम मिङ्ग्मा अनि एञ्जिलाको जालैमा (भिडियो सहित)

सुर्य चन्द, काठमाडौँ २०७५ असोज १५ गते २२:१५ मा प्रकाशित

पुष्कर अर्याल र ओम श्रेष्ठ अहिलेको अवस्थामा मिङ्ग्मा तामाङ र एन्जिला बाइवाको माया जालैमा परेका छन् । तर यो रियल लाईफमा भने हैन उनीहरू प्रस्तावित सुन्दरादेबी मिडिया ओरालीको पहिलो प्रस्तुति अनि विष्णु रकाल र निम बहादुर रोक्काको लोकदोहोरी गीत जालैमाको म्युजिक भिडियोमा रहेको दृश्यमा उक्त कुरा देख्न पाइन्छ । 

उक्त गीतमा विष्णु रकाल र सोनिया डिसीको स्वर रहेको छ भने किरण अधिकारीको लय अनि शब्द गायिका सोनिया डिसी कै रहेको छ। नेपाली गीत सङ्गीतको क्षेत्रमा यो गीतले छुट्टै आयाम ल्याउने लय गर्ने अधिकारीको भनाई छ ।

पस्तावित सुन्दरादेवी मिडिया प्रा.लिले बजार व्यवस्थापन गरेको उक्त गीत राजधानीको विभिन्न रमणीय ठाउँमा छायाङ्कन गरिएको छ । बबिता श्रेष्ठ को निर्देशमा तयार पारिएको म्युजिक भिडियोमा पुष्कर अर्याल, मेरिशा तामाङ, ओम श्रेष्ठ, एन्जिला बाइवाको उत्कृष्ट अभिनय रहेको छ । उक्त गीतको छायाङ्कन सागर गौतमले गरेका छन् भने सम्पादन अभिनाश डिसीले गर्नु भएको छ । यस म्युजिक भिडियोमा कोरियोग्राफर राजन रसाइलीले गर्नु भएको छ ।लोक दोहोरी गीत जालैमा प्रियसी म्युजिकको युट्युब च्यानल मार्फत बजारमा आएको छ । भिडियो हेर्नुहोस्:

प्रतिक्रिया