अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

कंञ्चनपुर घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धान जारी छ: प्रहरी प्रवक्ता क्षेत्री

बिआरटीनेपाल २०७५ असोज १५ गते १२:२७ मा प्रकाशित

नेपाल प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध भएको बताएका छन् । चाडपर्वको बेला हुन सक्ने सम्भावित घटनाहरूलाई रोक्न प्रहरी संयन्त्रलाई निर्देशन दिइसकेको पनि उनले बताए । विशेष गरी चाडपर्वको बेला सर्वसाधारणको यात्राको सुरक्षाका लागि ट्राफिक प्रहरीलाई बेग्लै सुरक्षा योजना बनाउन निर्देशन दिइसकेको बताए । त्यस्तै जुवा तास र मद्यपान सेवन गर्दा हुन सक्ने विविध घटनाहरूलाई न्युनिकरण गर्न पनि थप प्रहरी परिचालन गरिने जानकारी दिए ।

दसैँ तिहारमा भ्याली भित्र प्रत्येक चोकहरूमा ७०÷८० ओटा मोटरसाइकल खटाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइने प्रवक्ता क्षेत्रीको भनाई छ । पछिल्लो समय केही घटनाहरूले गर्दा प्रहरीको विश्वसनीयता माथि प्रश्न उठेको भन्दै आफूहरू प्रहरी माथि लागेको आरोपलाई गलत प्रमाणित गर्न प्रतिबद्ध रहेका बताए । साथै एउटा प्रहरीलाई बचानउ सिङ्गो प्रहरी कहिल्यै बदनाम नहुने भन्दै दोषी जो भए पनि नियम अनुसार कार्वाही गरिने बताए । कंञ्चनपुर घटनाको विषयलाई उठाउँदै प्रवक्ता क्षेत्रीले दोषी छिट्टै कानुनको दायरामा आउने बताए । साथै कंञ्चनपुर घटनामा जुनसुकै व्यक्ति दोषी ठहर भए पनि कार्वाही गर्नुपर्छ भन्ने कुरामा प्रहरी सङ्गठन प्रतिबद्ध भएको बताए ।

पछिल्लो केही महिनामा १४८० ओटा बलात्कारका घटना मध्य १३६६ ओटा घटनामा सफलता पाएको बताए । आफूहरूले ९० प्रतिशत भन्दा बढी बलात्कार जन्य घटनामा सफलता पाएको तर केही घटनाले गर्दा प्रहरीले गरेका अन्य राम्रो काम पनि ओझेलमा परेको पनि उल्लेख गरे । बलात्कार जन्य घटना न्युनिकरणका लागि प्रहरी गम्भीर भएको पनि प्रवक्ता क्षेत्रीको भनाई छ । कंञ्चनपुर घटनाको सत्य तथ्य, वैज्ञानिक, निष्पक्ष र नजिजामुखी अनुसन्धानका लागि प्रहरी प्रतिबद्ध रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू