अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

सेयर बजारमा १८ अंकको गिरावट

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:३४ मा प्रकाशित

साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । बजार खुले देखि नै घट्न थालेको बजार १८.०४ अंकले घटेर १२३८.६७ विन्दुमा झरेको छ ।

हिजो पनि बजारमा १० अंकको गिरावट आएको थियो । आज कारोबारमा आएको मध्ये २६.८ अंकले उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपनि बाँकी अरु सबै समुहको परिसुचक ओरालो लागेको छ । सबैभन्दा बढी जिवनबीमा समूहको परिसूचक ७८.५६ अंकले घटेको छ। त्यस्ते बैंकिङ १८.८५, विकास बैंक २९.७३ र निर्जीबन बीमा समूहको परिसूचक ७१.७३ अंकले घटेको छ ।

१ सय ६५ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै सेयर कारोबार भने नेपाल बैंक लिमिटेडको भएको छ । सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा नडेप लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भागर्व विकास बैंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू