अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

अन्डर नाईन्टिन एसिया कप – नेपाल समूह चरणबाटै बाहिरियो

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:२६ मा प्रकाशित

वंगालादेशमा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा मा लगातार दोस्रो हार व्यहोरे संगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित नेपाल सोमबार अफगानिस्तानसँग ३ विकेटले पराजित भएको हो । सम्पन्न खेलमा नेपालले दिएको १३२ रनको सामान्य चुनौती अफगानिस्तानले ३७ ओभर ३ बलमै ७ विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

यसअघि, वंगालादेशको सभारमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १३१ रनमात्र वनाएको थियो । लगातार दोश्र्रो हारसँगै नेपाल एक खेल खेल्नुअघि नै सेमिफाइनल प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू