अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

बङ्गबन्धु फुटबल प्रतियोगितामा सहभागी हुने टोलीको विदाइ

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:३० मा प्रकाशित

बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश सँगै लाओस र फिलिपिन्स छन् । नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ । दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू