अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

क्यानडाले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिइएको मानार्थ नागरिकता फिर्ता लिने

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:२९ मा प्रकाशित

क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साँधेको कारण सुकी पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा निकै आलोचित वन्नुभएको छ ।

सुकीलाई अन्तर्राष्ट्रिय स्तरमा म्यानमारमा भएको सैन्य कारबाहीको निन्दा गर्न पनि दबाव थियो तर उहाँले सो मुद्धामा केही वोल्नुभएन । क्यानडाले अघिल्लो हप्ता म्यानमारको रोहिंग्या दमनलाई ‘नरसंहार’ घोषित गरेको थियो । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार म्यानमारको रखाइन प्रान्तमा सेनाको बर्बर अभियानको कारण ७ लाख भन्दा बढी रोहिंग्या मुस्लिमहरु छिमेकी बंगलादेश भाग्नुपरेको थियो । हाल रोहिंग्याहरु बंगलादेशमा बनाइएको शरणार्थी शिविरहरुमा बसिरहेका छन् ।

सूकीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । यो सम्मान उहाँले तत्कालिन समय बर्मा भनिने हालको म्यानमारमा शासन गरिरहको सेनाविरुद्ध लोकतन्त्रका लागि गरेको अविराम संघर्षको लागि दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू