अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

राष्ट्रसंघको महासभामा उत्तर कोरियाको चेतावनीः अमेरिकी प्रतिवन्ध जारी रहे निशस्त्रीकरण नगर्ने

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:२८ मा प्रकाशित

उत्तर कोरियाले अमेरिकी प्रतिबन्ध जारी रहेमा आफूले निशस्त्रीकरण नगर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ होले अमेरिकाले लगाएको प्रतिबन्धले अमेरिकाप्रतिको उत्तर कोरियाको अविश्वासलाई झन् गहिरो बनाउने वताउनुभयो ।

विदेशमन्त्री होले पछिल्लो गतिरोध अमेरिकाको बलपूर्वक कदमका कारण देखिएको आरोप समेत लगाउनुभएको छ । उता अमेरिकाले भने उत्तर कोरियाले निशस्त्रीकरण नगरेसम्म प्रतिबन्धहरू यथावत् रहने बताउँदै आएको छ । गत जुनमा राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोन उनसँगको ऐतिहासिक शिखर बैठकका क्रममा किमले पारमाणविक निशस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको वताउनुभएको थियो ।

उत्तर कोरियाली विदेश मन्त्री रिले प्रतिबन्ध लगाएर आफूहरुलाई घुँडा टेकाउने कुरा केही मानिसहरूको भ्रम समेत रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू