अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

प्रधानमन्त्री ओली कोस्टारिकामा

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे पुग्नुभएको छ । ओलीलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुभयो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू