अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

सेयर बजारमा दोहोरो अंकको गिरावट

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:१६ मा प्रकाशित

साताको पहिलो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १०.४७ अंकले घटेर परिसूचक १२५६.७१ बिन्दुमा झरेको छ ।

आज सेयर बजारमा १ सय ६६ कम्पनीले कारोबार गरे । जसबाट ५८ करोड २२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो । ट्रेडिङ समूह १.८६ अंकले बढे पनि अन्य सबै समूहको परिसूचक घटेको छ । बैंक ९.१८, होटल ३५.२२, विकास बैंक २२.३६, जलविद्युत १.१३, वित्तीय ३.४६ , निर्जीवन बीमा ५८.२८, उत्पादनमूलक समूह ३५.२६, अन्य ५.०६, माइक्रोफाइनान्स १५.७, जीबन बीमा १९.०१ अंकले घटेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ३.८५ प्रतिशत सहित सबैभन्दा धेरै नाफा कमाएका छन् भने महालक्ष्मी विकास बैंकका लगानीकताले ६.२५ प्रतिशत सहित सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू