अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

निर्मला पन्त प्रकरणः कञ्चनपुर प्रहरी प्रमुख विष्ट सहितका तीनै जनाको डिएनए मिलेन ,घटना थप रहस्मयी वन्दै

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:१३ मा प्रकाशित

कञ्चनपुरका १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र स्थानिय आयुश विष्टको डिएनए रिर्पोट सार्वजनिक भएको छ । झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परिक्षणका लागि रगत लिएको थियो । मृतक निर्मला पन्तको योनीमा भेटिएको (भजाईनल स्वाब) संग तीनै जनाको डिएनए नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट लगायतकाको उपस्थितिमा रिर्पोट खोलिएको जानकारी दिनुभएको छ । आन्दोलनका बेला तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट उनका छोरा किरण र अर्का युवक आयुसको डिएनए परिक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डिएनए परिक्षण गरेको थियो ।
४ भदौमा निर्मला हत्याकाण्डमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिय दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडूको समेत डिएनए रिर्पोट मिलेको थिएन् । यस अघि पक्राउ परेका दुई र बाकी तीनै जनाको डिएनए रिर्पोट नमिलेपछि अब निर्मलाको वास्तविक हत्यारा को हो ? भन्ने प्रश्न खडा भएको छ ।

कञ्चनपुर प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले हल्ला र आरोप भन्दा पनि अहिले न्यारोडाउन विधिबाट अनुसन्धान गरिरहेको जनाएको हो । पक्राउ परेका व्यक्ति र शंकास्पद गरिएका व्यक्तिको डिएनए नमिलेपछि घटना झन रहस्यमयी बन्दै गएको छ । आन्दोलनकारीले भनेकै भरमा अनुसुन्धान गर्दा प्रहरी थप संकटमा परेको छ भने सरकारले घटनाका दोषी पत्ता लगाउन विभिन्न समिति बनाउदा समेत आन्दोलनरत् पक्षले आन्दोलन नरोक्दा चाडपर्वका बेला अरु सर्वसाधारणलाई भने हैरानी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू