अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

संविधानको विरोध गर्ने मुख्यमन्त्रीलाई किन कार्वाही भएन – काँग्रेस नेता गुरुङ

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:४७ मा प्रकाशित

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रदेश नं.२ का मुख्यमन्त्रीले संविधानको विरोध गर्दा केन्द्र सरकारले कुनै कार्वाही नगरेकोप्रति असन्तुष्टी जनाउनुभएको छ । नेपालको नयाँ संविधानअनुसार मुख्य मन्त्री बनेर संविधानको विरोधमा जुलुसमा सहभागी हुन नमिल्ने उहाँको तर्क थियो । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ, गण्डकी-धौलागिरिको आधिकारिक ट्रेड युनियनको शनिबार पोखरामा आयोजित तेस्रो क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले राष्ट्रियताको भावनामा ह्रास आएको उल्लेख गर्नुभयो । साथै उहाँले आन्तरिक राष्ट्रियता बलियो बने मात्र सिंगो राष्ट्रियता बलियो हुनेमा जोड दिनुभएको छ ।

आन्तरिक राष्ट्रियता बलियो बनाए मात्र मुलुकको अस्मिता बचाउन सकिने गुरुङको धारणा रहेको छ । गुरुङले नेपाली राष्ट्रियता खतरामा रहेको समेत बताउनुभएको छ । राज्यका प्रमुख जिम्मेवार व्यक्तिहरुले नै नेपाली राष्ट्रियतामाथि आँच आउने गतिविधि गरेको गुरुङले जिकीर गर्नुभयो । भेलामा कर्मचारी हकहित, ट्रेड युनियनको गतिविधि, व्यवस्थापन पक्ष र ट्रेड युनियन पक्षबीच समन्वयको वातावरण र विद्युत प्राधीकरणको कार्यलयहरुको सुधारोन्मुख गतिविधिमाथि छलफल भएको युनियनका सचिव नारायणप्रसाद रिजालले जानकारी दिनुभयो ।

सचिव रिजालका अनुसार भेलामा उठेका विषयहरुलाई नेपाल विद्युत प्राधीकरण कर्मचारी संघ, आधिकारिक ट्रेड युनियनको केन्द्रमा पेश गरिने र केन्द्रीय कमिटिले उक्त सवालहरुलाई क्षेत्रीय कार्यलयहरुमा सुनुवाईका लागि पेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू