अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

माटोको ढिस्कोले पुर्दा दाङमा एकै घरका ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:२८ मा प्रकाशित

दाङमा माटोको ढिस्कोले पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

डिएसपी घर्तीका अनुसार शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो । ३ जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी घर्तीले वताउनुभयो । प्रहरीका अनुसार मृतक तीनै जना एउटै घर परिवारका हुन् । श्यामकुमारी र मिना नन्द भाउजु हुन् भने रेजिना भतिजी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू