अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

पोखरामा आईटिएफ टेनिस प्रतियोगिता हुने

बिआरटीनेपाल २०७५ असोज १२ गते ९:३६ मा प्रकाशित

पोखरामा अन्तर्राष्ट्रिय आइटिएफ सिनियर टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिवारवाट सिनियर वल्ड ¥याङ्किङ टेनिस प्रतियोगिता हुन लागेको हो । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

फोर्थ ग्रेडमा हुने प्रतियोगिता ३५, ४५ र ५५ वर्षमाथि उमेर समुहको सिंगल्स र डबल्स दुबै प्रतिस्पर्धीमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन शुक्रबार बेलुका ६ बजे भित्र नाम दर्ता गराइसक्नुपर्ने बताइएको छ । नेपाल बाहेक भारत र नेदरल्यान्डका खेलाडी पनि प्रतियोगितामा सहभागि हुने आयोजकको भनाइ छ । प्रतियोगितामा जम्मा ८६ खेलाडी सहभागी हुने छन् । जसमध्ये १५ खेलाडी भारत र १ जना खेलाडी नेदरल्यान्डबाट रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सिंगल्सतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितिय हुनेलाई १४ हजार र सेमिफाइनलमा पुग्ने समुहलाई ५/५ हजार नगद र ट्रफी प्रदान गरिने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । यस्तै, डबल्सतर्फ प्रथम हुनेलाई २० हजार द्वितिय हुनेलाई १० हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको फाइनलमा पुग्न ३०, सेमिफाइनलमा पुग्न २०, क्वाटरफाइनलमा पुग्न १०/ १० स्कोर प्राप्त गर्नुपर्ने हुन्छ । खेलाडीले पाएको स्कोरको आधारमा विश्व वरियता गणना हुने आयोजकको भनाई छ । इन्टरनेसनल टेनिस फेडेरेसन र नेपाल टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू