अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

एअर न्युगिनी समुन्द्रमा खस्यो, जहाजमा रहेका सबै सकुशल

बिआरटीनेपाल २०७५ असोज १२ गते ९:३३ मा प्रकाशित

पपुवा न्यू गिनीको राष्ट्रिय ध्वजाबाहक एअर न्युगिनीको बोइग ७३७ दुर्घटनामा परेको छ । माइक्रोनेसियामा पाइलटले अवतरणका क्रममा रनवे नदेखेपछि जहाज समुन्दमा खसेको थियो । एअर न्युगिनीले दुर्घटना भएको पुष्टी गर्दै चालक दलका सदस्य १२ जना र यात्रु ३५ जनाको सकुशल उद्दार गरिएको जानकारी दिएको छ ।

साथै एअरलाइन्सले बर्षात धेरै भएको र भिजिविलिटी अत्यन्तै कम भएका कारण दुर्घटना भएको पनि स्पष्ट पारेको छ । ४७ यात्रु बोकेको जहाज माइक्रोनेसियाको समुन्द्रमा खसेको हो । वेने अन्तर्राष्ट्रिय विमानस्थलनमा अवतरण गर्न लाग्दा विमान दुर्घटनामा परेका जनाईएको छ । समुन्द्रमा जहाज खस्दा समेत यात्रु सबै सकुशल रहेका छन् ।

यात्रुले जहाजभित्र पानी आउन थालेपछि मात्र दुर्घटनाबारे थाहा पाएका थिए । माइक्रोनेशियाको एक पत्रिकाका व्यवस्थापकीय सम्पादक विल जयेन्स (जो आफैं विमानमा सबार थिए) का अनुसार यात्रुले आकस्मिक ढोका प्रयोग गरी बाहिर निस्केका थिए र डुङ्गाको सहयताले अन्य यात्रुहरुलाई समुन्द«वाट बाहिर निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू