अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

नेपाल–भारत मन्त्रीस्तरीय बैठक – ग्यास पाईपलाईन विस्तार गर्ने सहमति

बिआरटीनेपाल २०७५ असोज १२ गते ९:२९ मा प्रकाशित

नेपाल–भारतबीच ग्यास पाईप लाईन बिस्तार गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्यास पाईप लाईन विस्तारका लागि सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाउने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानबीच दुवै देशबीच ग्यास पाईप लाईन विस्तार गर्ने समझदारी भएको छ । भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास लाईन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिनुभयो ।

भारतका पेटोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानले ग्यास पाईनलाईन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि सो ग्यास उपयोग गरिनेछ । बैठकमा भारतीय पक्षले नेपालको ग्यास बुलेट ढ्ुवानीका लागि अनुमति दिन ढिलाई नगर्ने प्रतिबद्धता पनि जनाएको छ । मन्त्रीस्तरीय बैठकले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाईप लाईन विस्तारको काम सन्तोषजनक ढंगले अघि बढेको निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू