अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

पोखरा प्रिमियर लिगको टिम र मार्की प्लेयर घोषणा

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:५७ मा प्रकाशित

पोखरा प्रिमियर लिग क्रिकेट खेल्ने ६ टोली र ‘मार्की’ खेलाडी सार्वजनिक गरिएको छ । आयोजक क्वीन्स इभेन्ट्स प्रालीले विहीवार राजधानीमा पत्रकार सम्मेलन गरी फे्रन्चाइज टिमको घोषणा गरेको हो । फ्रेन्चाइज टिममा काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज, बुटवल ब्लास्टर, विराटनगर टाइटेन्स र इक्सर्ट धनगढी ब्लूज रहेका छन् ।

यस्तै सबै टिमका मार्की पनि प्लेयर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का चितवन राइनोजमा हुनुभएको छ भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्सको मार्की प्लेयर हुनुहुन्छ । सन्दीप लामिछाने विराटनगर टाइटेन्स, सोमपाल कामी बुटवल ब्लास्टर्स, शरद भेषावकर पोखरा पल्टन र दीपेन्द्र सिंह ऐरी इक्सर्ट धनगढी ब्लूजको मार्की प्लेयर रहनुभएको छ ।

कार्यक्रममा मार्की प्लेयरहरुले पोखरामा क्रिकेट खेल्न आफूहरु उत्साहित रहेको वताएका छन् । पत्रकार सम्मेलनमा वोल्दै पारस खड्काले पीपीएलसँग क्रिकेटमा लगानी गर्न नयाँ टिम आएको र यसले नयाँ खेलाडीहरुलाई अवसर दिने विश्वास व्यक्त गर्नुभयो । पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई राखिएको छ ।

पत्रकार सम्मेलनमा वोल्दै सरकरका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली खेलकुदले आशा गर्ने खेलकारुपमा रहेको क्रिकेटको व्यावसायिक घरेलु प्रतियोगिता सन्चालन गर्न लागेकामा शुभकामना व्यक्त गर्नुभयो । उहाँले क्यान विवाद अन्त्य हुन लागेको बताउँदै अबको एक÷दुई महिनामा टुंगो लगाउने वताउनुभएको छ । प्रतियोगिताका लागि आयोजक क्वीन्स इभेन्टले पोखरा रंगशालामा मैदान तयार गरिरहेको छ । अक्सनमार्फत् टोली घोषणा हुने क्वीन्सका प्रबन्ध निर्देशक छुब्बी लामाले जानकारी दिनुभएको छ । प्रतियोगिता कार्तिक ९ गतेदेखि २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू