अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

बलात्कार र हत्या विरुद्ध पोखरामा विद्यार्थीको प्रदर्शन

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:५० मा प्रकाशित

देशभरी महिला हिंसा र बलात्कार तथा हत्याका घटना प्रतिदिन बढ्न थालेपछि पोखराका विद्यार्थीहरु पनि आन्दोलनमा होमिएका छन् । महिला हिंसा विरुद्धको आन्दोलनमा उनीहरुले विहिबार पोखरामा जुलुस सहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले महिला सुरक्षा ज्ञारेण्टी र हिंसा अन्त्य गर्न नसकेको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सरकारको कडा आलोचना गर्दै अपराधमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग समेत गरेका छन् ।

पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनार, कञ्चनपुरकी निर्मला पन्त लगायत पछिल्लो समय भएका बलात्कारपछिको बालिका हत्या विरुद्ध पोखरामा विद्यार्थी संघ संगठन, सर्वसाधारण नागरिकहरु र राजनीतिक दलका प्रतिनिधीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि सरकारलाई दवाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू