अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

पर्यटन दिवसकै दिनदेखि पदमार्ग मजदुरहरु आन्दोलित

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:४८ मा प्रकाशित

पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटबिरुद्ध ट्रेकिङ गाइडहरु आन्दोलित बनेका छन् । पर्यटन दिवसकै दिन विहीबारदेखि अन्नपूर्ण क्षेत्र, मनास्लु र मनाङका पदमार्गहरुमा ट्रेकिङ गाइडलगायत पदमार्ग मजदुरहरुमाथि थोपरिएको सिण्डिकेटबिरुद्ध गाईडहरु आन्दोलित बनेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईइको छ ।

अन्नपूर्ण–११ को टाडापानी, मनास्लु र मनाङको पदमार्ग तथा त्यस क्षेत्रको आसपासका होटल व्यवसायीहरुको मिलेमतोमा गाउँका स्थानीय युवा क्लबहरुले पदमार्ग मजदुरहरुसँग खानाको पैसा उठाएको भन्दै आफूहरु आन्दोलित बनेको गाईडहरुको भनाई रहेको छ ।

नेपाल ट्रेकिङ–ट्राभल्स–¥याÇिटङ–एअरलाइन्स पुरातात्विक–संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) र अखिल नेपाल पर्यटन मजदुर संघ नेपालले विहीबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरी आदोलनको औचित्यमाथि प्रष्ट पारेका हुन् ।

मजदुरहरुको माग
अन्नपूर्ण क्षेत्रअन्तरगत कास्कीको टाडापानी, मनास्लु क्षेत्र र मनाङका विभिन्न क्षेत्रहरुमा मजदुरहरुले खाना खानुभन्दा पहिले नै २ देखि ७ दिनसम्मको लञ्च तथा डिनरको कुपन तिर्नुपर्ने र कुपन देखाएरमात्र खाना खान पाउने व्यवस्था तत्काल हटाउनुपर्ने माग मजदुरहरुको छ । यस्ता गतिविधिलाई तत्काल रोकेर खाना खाइसकेपछि होटलको काउण्टरमा तोकिएको न्युनतम् रकम बुझाउने व्यवस्था गर्नुपर्ने मजदुरहरुले माग राखेका छन्
०७३ सालमा मजदुरहरुले गरेको आन्दोलनपछि टान, पोखराको पहलमा नेपाल सरकारको प्रतिनिधिसहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सेञ्चुरी पर्यटन व्यवसाय समिति तथा पर्यटन मजदुरहरुबीच भएको सहमति पूर्ण रुपमा लागु गर्न मजदुरहरुको माग छ ।
आन्दोलनका कार्यक्रमहरु घोषणा
आफ्नो मागसहित मजदुरहरुले पत्रकार सम्मेलन गरी दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । मागको कुनै सुनुवाई नभए असोजको १५ गतेबाट पदयात्रामा कुनैपनि मजदुर नजाने, पदयात्रा गतिविधिमा रोक लगाउने र सरोकारवाला संघसंस्थाहरुमा आफ्ना माग र आन्दोलनबारे पत्राचार गर्ने कार्यक्रम छ । असोजको १७ गतेसम्मपनि मागको कुनै सम्बोधन नभए, पदयात्रा गतिविधिलाई जारी राखेमा टानको कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गर्ने र पदयात्रामा निस्किएका मजदुरहरुलाई बाटोबाटै फिर्ता गर्ने कार्यक्रम छ ।

२२ गतेसम्म पनि माग पूरा नभए अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यलयको पर्मिट काउण्टरमा तालाबन्दी गर्ने र विदेशी पर्यटकहरुलाई समेत पदयात्रा गतिविधिमा रोक लगाउने कार्यक्रम घोषणा गरिएको छ ।

प्रतिक्रिया